२१ असार २०८३, आइतबार
एमाले विबाद मिलाउने कोशिष

अर्थमन्त्री विष्णु पौडेलसहित एमाले नेताहरु माधव नेपाललाई भेटन कोेटेश्वरमा

अर्थमन्त्री विष्णु पौडेलसहित एमाले नेताहरु माधव नेपाललाई भेटन कोेटेश्वरमा

अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु एमाले नेता माधव नेपालको घरमा पुगेका छन् ।

पार्टी बिवाद मिलाउने प्रयास स्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल आइतवार बिहान कोटेश्वर पुगेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि दिएको अल्टिमेटम सोमवार सकिदैछ । 

पार्टी बिवाद समाधानको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरुबीच शनिवार दिनभर कुराकानी भएको थियो ।

त्यसक्रममा उपमहासचिव घनश्याम भुसालको पहलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन कुराकानी भएको थियो । 

शनिवारको केन्द्रीय कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउनु अघि नै हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरु पार्टी सदस्य नरहने बताएका थिए ।

एमाले बिवाद उत्कर्षमा पुगेको समयमा उपमहासचिव पौडेल लगायतले नेताहरूसँगको भेटवार्तालाई तीब्र बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्