०७ साउन २०८३, बिहीबार

कोभिड-१९ : २७ जनाको मृत्यु, एक हजार ६०३ संक्रमित थपिए

कोभिड-१९ : २७ जनाको मृत्यु, एक हजार ६०३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ९ हजार २२५ जनाको मृत्यु भएको हो । 

यस्तै आठ हजार १३२ नमुना परीक्षणमध्ये एक हजार ६०३ संक्रमित थपिएका छन् । यो सँगै पीसीआर परीक्षणबाट पोजिटिभ आउनेको संख्या ६ लाख ४४ हजार ६२२  पुगेको छ भने एन्टिजेन परीक्षणबाट ३८ हजार ११७ जना पोजिटिभ देखिएका छन्।

यस्तै थप दुई हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९ हजार २८ पुगेको छ । 

यसरी हेर्दा निको हुने दर ९४.५ प्रतिशत रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्