११ साउन २०८३, सोमबार

महालक्ष्मी विकास बैंककाे स्वतन्त्र सञ्चालकमा श्रेष्ठले पाइन् नियुक्ति

महालक्ष्मी विकास बैंककाे स्वतन्त्र सञ्चालकमा श्रेष्ठले पाइन् नियुक्ति

महालक्ष्मी विकास बैंक लि. को शुक्रवार बसेको सञ्चालक समितिको ४९० औं बैठकले  अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी छन् । 

व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स इन्स्टीट्युसन एसोसियसन र डेभलपमेन्ट बैंकर्स एसोसियसनमा लामो समयसम्म आवद्ध रहेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्