×

NMB BANK
NIC ASIA

स्नातकको परीक्षाफल प्रकाशित गरेर स्नातकोत्तर तहको भर्ना खोल्दै त्रिवि

असार २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ ।

Muktinath Bank

विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्नातकोत्तर तहमा भर्ना चाँडै सुरू गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए ।

Vianet communication
Laxmi Bank

स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेर मात्र परीक्षाको कार्यक्रम अगाडि बढाउने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको संक्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताए ।

विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ । भदौ महिनामा पनि परीक्षा सञ्चालन गर्ने योजना छ ।

उनले परीक्षामा देशभरका २ लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले संक्रमण बढाउन सक्ने भएकोले पनि सरकारसँगको सरसल्लाहमा मात्र आफूहरू अघि बढ्ने बताए । सो केन्द्रसँग बुधवार विश्वविद्यालयको परीक्षा सञ्चालन र मापदण्डबारे छलफल गर्ने कार्यक्रम छ ।

त्रिभुवन विश्वविद्यालयले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै हप्ता मात्रै खुलाएको छ । अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलिने भएको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सकिने छ ।

विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ३ महिनापछि धकेलिएको छ । यसअघि वैशाखमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने योजना बनाइएको थियो ।

यसैबीच त्रिविले विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई नियमित अनलाइन कक्षामा सहभागी भइदिन आग्रह गरेको छ । विगत लामो समयदेखि आफ्ना मागमा विश्वविद्यालयले चासो नदेखाएको भन्दै कक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि विश्वविद्यालयले अनलाइन कक्षामा नियमित सहभागी हुन आंशिक शिक्षकलाई आग्रह गरेको हो । विश्वविद्यालयमा करीब १ हजार ५०० आंशिक शिक्षक कार्यरत छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x