३१ असार २०८३, बुधबार

पछिल्लो २४ घन्टामा थप २ हजार १६९ मा कोरोना संक्रमण, २२ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ हजार १६९ मा कोरोना संक्रमण, २२ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१० हजार ४१७ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ लाख १८ हजार ३६१ जना उपचार पछि निको भएका छन् । 

शनिवार मात्रै १ हजार ४३२ जना निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, निको भएको दर ९४.५ प्रतिशत रहेको छ ।

यस दिन २२ संक्रमितको मृत्यु भएको छ । 

यससँगै मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्