२१ असार २०८३, आइतबार

माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने एमालेमा सहमति

असार २७, २०७८
माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने एमालेमा सहमति

सत्तारुढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ । विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरुबीच यस्तो सहमति भएको हो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए । यो सर्तलाई नेपाल पक्षले नमानेपछि सहमति र एकता प्रयासमा अड्चन आएको थियो ।
अहिले भने कार्यदलमा सो हस्ताक्षर फिर्ता नलिने सहमति कार्यदलमा जुटेको खबर नागरिक दैनिकमा छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्