×

NMB BANK
NIC ASIA

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

असार २७, २०७८

NTC
Premier Steels

विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

Muktinath Bank

कास्की, मकवानपुर, बाँके र मोरङमा शनिवार राति दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्की, माछापुच्छ्रे गाउँपालिका-२ बाँझोखेतस्थित सडकमा ग ३ प ३२२५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोरखाका ३२ वर्षीय जीवन गुरुङको मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

उनी बाँझोखेत भन्ने स्थानमा काकाको घरमा बस्ने गरेको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । 

Vianet communication

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, बसामाडीस्थित सडकमा बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय कृष्णहरि कार्कीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । 

बाँके, बैजनाथ गाउँपालिका-५ जिगाउँस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय नारायण रिजालको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर हुँदै नर्सिङ होम अस्पताल नेपालगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मोरङ, बुढीगंगा गाउँपालिका-१ आरती स्टिलस्थित सडकमा बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना हुँदा कारमा सवार विराटनगर महानगरपालिका-३ बस्ने ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते उनको विराट अस्पताल विराटनगर हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य चार जनाको विराट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x