
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव पक्ष) र अखिल (छैठौँ) ले आइतवार प्रतिगमन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध माइतीघरमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।
विद्यार्थीहरूले सरकारविरोधी नाराहरू लगाएका थिए ।