२७ जेठ २०८३, बुधबार

आज देउवा नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद्

असार २९, २०७८
आज देउवा नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद्

सर्वोच्च अदालतको आदेशानुसार मंगलबार प्रधानमन्त्री बन्न लागेका काँग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।
सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको शपथ गराउन सोमबार आदेश दिएलगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो ।
विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरुको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्ने खबर नागरिक दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्