२२ असार २०८३, सोमबार

प्रतिनिधि सभा विघटन बदर गर्ने फैसलाको पत्रकार महासंघद्वारा स्वागत

प्रतिनिधि सभा विघटन बदर गर्ने फैसलाको पत्रकार महासंघद्वारा स्वागत

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्ने फैसलाको पत्रकार महासंघले स्वागत गरेको छ । 

फैसलाले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनस्र्थापित भएको महासंघले निष्कर्ष निकालेको छ । 

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलापछि सम्मानित र स्वतन्त्र अदालतमाथि भएका अशोभनीय टीका–टिप्पणी र प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने कार्यको महासंघ भर्त्सना गर्दछ ।’ स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासंघको प्रष्ट दृष्टिकोण रहँदै आएको विज्ञप्तिमा जनाइएको छ । 

साथै महासंघले पुनःस्थापित प्रतिनिधि सभा र संसदबाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्