१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले गृहमन्त्रीमा जोड दिनुको अन्तर्य चुनाव हो : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्रीले गृहमन्त्रीमा जोड दिनुको अन्तर्य चुनाव हो : मुख्यमन्त्री पोखरेल

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीमा जोड दिनुको अन्तर्य अब चुनाव प्राथमिकता बनेको सन्देश दिनु रहेको विश्लेषण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिएको जनाएका छन् ।

पोखरेलले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य अब चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो ।’

प्रधानमन्त्री देउवाले आफ्नो पार्टी कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँणलाई नियुक्त गरेका छन् भने अर्थमन्त्रीमा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई नियुक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्