
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
नेपाल निवासमा दिउँसो १ बजेदेखि प्रचण्ड र नेपालबीच भेटवार्ता भइरहेको हो ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
सर्वोच्च अदालतले संसद विघटन बदरको फैसलापछि नेपालले तत्कालीन पाँच दलको विपक्षी गठबन्धनमा नरहेको बताएका थिए ।
प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाल पक्षले विश्वासको मत नदिएमा देउवालाई अप्ठ्यारो पर्ने आकलन गरिरहेका बेला यी दुई नेताबीचको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।