३१ असार २०८३, बुधबार
एमाले विवाद

माधव नेपाल पक्षले भन्यो- स्पष्टीकरणको आतंक फैलाएर एकतामा भाँजो नहालियोस्

माधव नेपाल पक्षले भन्यो- स्पष्टीकरणको आतंक फैलाएर एकतामा भाँजो नहालियोस्

माधव नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेर आतंकित नबनाउन भनेको छ । 

बानेश्वरमा बसेको माधव पक्षीय स्थायी कमिटीको बैठकको निर्णय सुनाउँदै नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुपर्ने विषय नै नभएकाले एकतामा भाँजो हाल्ने काम बन्द गर्न भनेका हुन् । 

‘स्वविवेकीय अधिकार दिइसकेपछि फेरि विभिन्न निहुँमा स्पष्टीकरण सोध्ने कार्य बन्द गरेर पार्टी एकतालाई गम्भीरताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘आजको बैठकले पार्टी एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्