१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री देउवासँग विप्लव समूहको भेट, ओली सरकारसँग गरेको तीन बुँदे सहमतिबारे छलफल

प्रधानमन्त्री देउवासँग विप्लव समूहको भेट, ओली सरकारसँग गरेको तीन बुँदे सहमतिबारे छलफल

नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यही क्रममा आज उनको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेका छन् । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको तीन बुँदे सहमतिका विषयमा छलफल भएको विप्लव समूह निकट एक नेताले जानकारी दिए । 

यसअघि विप्लवको टोलीले निवर्तमान प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलगायतसँग भेटघाट गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्