×

NMB BANK
NIC ASIA

खानेपानी उपभोक्ता

संग्लो पानीमा अनियमितताको गन्ध: मासिक १४ लाख आम्दानी गर्ने संस्थाको ऋण भने बढेकोबढ्यै

साउन ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संग्लो खानेपानी भित्र धमिलो राजनिति पस्दा उपभोक्ताको टाउकोमा दैनिक ऋणको भार बढ्दै जान थालेको छ ।

Muktinath Bank

नेताहरू र टाठाबाठाका लागि खानेपानी उपभोक्ता समिति राजनीति गर्ने थलो र कमाउ धन्दा बनिरहेका बेला उपभोक्ताको थाप्लोमा करोडौं ऋण थुप्रिन पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको चुनावमा मेयर तथा उपमेयरमा पराजित नेताहरू नै खानेपानी समितिको नेतृत्वमा छन् ।


Advertisment
Nabil box
Kumari

झापा र मोरङमा केही खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कार्यालयका कर्मचारी र राजनिति गर्ने नेताका कारण ऋणमा डुब्दै गएका छन् ।

Vianet communication
Laxmi Bank

मोरङको बेलबारीमा रहेको साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तिनुपर्ने दायित्वमा साढे ५ करोडभन्दा बढी ऋणभार छ ।

उपभोक्ताको टाउकोमा ऋण भए पनि सबैभन्दा ठूलो राजनीति त्यहीँ हुन्छ ।

२०६३ सालमा ३ करोड ७६ लाख १६ हजार रुपैयाँ नगर विकास कोषसँग ऋण लिएको बेलबारी साना शहरी खानेपानी उपभोक्ता समितिका नाममा ऋण सावाँ ४ करोड २८ लाख ९९ हजार १ सय ५३ रुपैयाँ ६४ पैसा र ब्याज १ करोड २७ लाख ३८ हजार ८ सय ५५ रुपैया ९ पैसा छ ।

अहिलेसम्म समितिले साढे ५ लाख मात्रै नगर विकास कोषलाई बुझाएको व्यवस्थापक अनिश सुवेदीले बताए ।

यति ठूलो ऋण भएको संस्थामा समेत केही महिनाअघि धुमधामका साथ चुनाव भएको थियो ।

गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट उपमेयरको टिकट पाएकी रुक्मिणी धिमाल विजयी भएकी थिइन् ।

उक्त समिति मातहत १ हजार ९ सय ९१ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ भने मासिक ४ लाखको हारहारीमा आम्दानी हुने गरेको छ ।

****

मोरङकै सुन्दरहरैँचाको इन्द्रपुर खानेपानी उपभोक्ता समितिको अवस्था झन् कहालीलाग्दो छ । 

ऋण लिएर योजना सञ्चालन गरेपनि तिर्नेमा ध्यान नदिँदा मारमा उपभोक्ता पर्ने गरेको उद्योग वाणिज्य संघ कोशीहरैँचाका सदस्य समेत रहेका स्थानीय अगुवा महेश आचार्यले बताए । 

इन्द्रपुर खानेपानी उपभोक्ता समितिको नाममा १४ करोडको हाराहारीमा ऋण रहेको छ । मासिक १४ लाख रुपैयाँ उपभोक्ताबाट उठ्ने गरे पनि ऋणको सावाँ भने खासै घटेको छैन । 

१२ करोड नगर विकास कोषसँग ऋण लिएकोमा अहिले बढेर १४ करोड पुगेको उपभोक्ता समितिका अध्यक्ष केदारप्रसाद गुरागाईंले बताए । 

समितिले अहिलेसम्म २ करोड मात्रै ऋण घटाएको छ । गुरागाईंका अनुसार समितिले १२ करोड रुपैयाँ ऋण लिएको थियो ।

गुरागाईं गत स्थानीय तहको चुनावमा एमालेका तर्फबाट सुन्दरहरैँचा नगरपालिकाको मेयरका प्रत्यासी रहेका थिए ।

खानेपानीमा अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो । मेयरमा हारेका उनले खानेपानी उपभोक्ता समितिबाट भने बिदा लिएका छैनन् । 

समितिमा कर्मचारी समेत उनका आफन्त नै छन् । यस्तै कोषाध्यक्ष कृष्ण भट्टराईकी श्रीमतीलाई आम्दानीको मुख्य आयस्रोत महशुल बिल काट्ने ठाउँमा नियुक्त गरिएको छ ।

विवादका कारण कार्यसमिति सचिव मित्रसेन योञ्जन २ वर्षदेखि कुनै बैठकमा गएका छैनन् ।

खानेपानीका संरचना निर्माणको विषयलाई लिएर अध्यक्ष सचिवको दुरी बढेको हो ।

संरचनाहरु निर्माण गर्दा उपभोक्ता समिति तथा सेवाग्राहीलाई बोलाएर सम्झौता गरौँ भन्दा अध्यक्षले सुटुक्क ठेकेदारसँग सम्झौता गरेको सचिव योञ्जनको आरोप छ ।

अध्यक्ष सचिवको दुरी बढ्दै गएपछि सर्वदलीय बैठक समेत राखिएको थियो । तर सर्वदलीय बैठकले समेत कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

कतिपयले भने अध्यक्ष र सचिवबीच लेनदेन नमिलेको आरोप लगाउने गरेका छन् ।

नयाँ धारा जडान गर्दा मासिक रूपमा १० देखि १४ लाखसम्म आम्दानी हुने गरेको कोषाध्यक्ष कृष्ण भट्टराई बताउँछन् ।

‘नयाँ धारा जडान भएका महिनामा १४ लाखसम्म र नियमित महशुलबापत ९ देखि १० लाखसम्म उठ्ने गरेको छ’ उनले भने ।

खर्च कति हुन्छ भन्ने विषयमा उनले केही बताउन चाहँदैनन् । समितिको हिसाबकिताब पारदर्शी नहुँदा अनियमितता बढ्दै गएको आरोप छ ।

साधारण सभा बोलाउन पटक–पटक माग गर्दा पनि अस्वीकार गरिएको नेकपा माओवादी केन्द्र सुन्दर हरैँचाका नेता नवराज चापागाईंको गुनासो छ ।

‘समितिलाई साधारण सभा गर्नुहोस् भनेर पटक–पटक भनेका छौं, तर उहाँहरू टेर्नुहुन्न, कारवाही गर्ने निकाय मौन भएको देख्दा अचम्म लागेर आउँछ,’ उनले भने ।

यता सुन्दरहरैचाका नगर प्रमुख शिव ढकालले पनि साधारण सभा गरी हिसाब सार्वजनिक गर्न पत्र पठाए पनि समितिले अटेर गरेको बताए ।

नगर विकास कोषले समेत पटक–पटक साधारण सभा गर्न तकेका गर्दै आइरहेको छ । 

२०६५ सालमा स्थापना भएको इन्द्रपुर साना शहरी खानेपानी उपभोक्ता समितिले अहिलेसम्म वार्षिक साधारण सभा समेत गरेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x