
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन्।
सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ ।
प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भएको छलफलपछि रावल राजीनामा फिर्ता गर्न राजी भएको एमाले स्रोतले बतायो ।