
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
प्रदेश मन्त्रीमा छानिएका गण्डकी प्रदेश सभा सदस्य दोबाटे विकको नाम शपथग्रहण कार्यक्रममा जाँदाजाँदै काटिएको सन्दर्भमा नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।
‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर, गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायप्रतिको अपमान हो,’ उनले भनेका छन् ।
सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुस्खित बनाएको उनले बताए । साथै सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको उनको भनाइ छ । ‘भोलि कुन मुखले उनीहरूको अगाडि जाने रु यो हेक्का राख्नु पर्दैन रु कि एकपटक सरकारमा गएपछि सधैँलाई पुग्यो रु सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
साथै यसलाई तुरुन्त सच्याउनुपर्ने बताउँदै उनले भनेका छन्, ‘भोलिका दिन यस्ता निर्णयहरू पार्टीको निम्ति निकै महँगो पर्न सक्छ।’