२२ असार २०८३, सोमबार
जसपामा 'हेड काउन्ट'

कित्ता फेर्ने नेता भन्छन्– पार्टी एकताका लागि हस्ताक्षर, विभाजन चाहनेलाई साथ दिन सकिएन

साउन ११, २०७८
कित्ता फेर्ने नेता भन्छन्– पार्टी एकताका लागि हस्ताक्षर, विभाजन चाहनेलाई साथ दिन सकिएन

जनता समाजवादी पार्टी (जसपा)को पूर्व राजपा खेमाका प्रभावशाली नेताहरू समेत उपेन्द्र यादव पक्षमा लागेका छन् ।

तत्कालीन राजपाको अध्यक्ष मण्डलका सदस्य समेत रहेका नेता राजकिशोर यादव, प्रभावशाली नेता मनिष सुमनलगायत उपेन्द्रको पक्षमा लागेका हुन् ।

पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले बोलाएपछि उपेन्द्रको पक्षमा हस्ताक्षर गर्न पुगेका यादवले पार्टी विभाजन हुन नदिन आफूले हस्ताक्षर गरेको बताए ।

‘मैले महन्थलाई भेटेर तपाईंको कारणले पार्टी विभाजन गर्नु हुँदैन । विभाजन गर्ने मुड बनाउनु भएको छ भने म साथ दिन्न भनेको थिएँ,’ यादवले भने । 

यादवले राजनीतिक रूपमा मिल्न नसके पनि निर्वाचन आयोगले जसपालाई एकीकृत गरिदिएको दाबी गरे ।

‘निर्वाचन आयोगले एकताको बेलाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई मान्यता दिएको छ । यसमा हामी सबैजना अटाउन सकिन्छ,’ यादवले भने । 

महन्थ ठाकुर तथा राजेन्द्र महतोको साथ छाडेर उपेन्द्र पक्षमा लागेका मनिष सुमनले पार्टी एकता जोगाउन हस्ताक्षर गरौं भन्ने आफ्नो प्रस्ताव महन्थ पक्षले नमानेपछि आफू हस्ताक्षरका लागि उपस्थित भएको बताए ।

‘मैले हिजो बैठकमा एकै कित्तामा हस्ताक्षर गरौं भनेको थिएँ । साथीहरू सहमत नभएपछि मैले उपेन्द्रको पक्षमा हस्ताक्षर गरें,’ सुमनले लोकान्तरसँग भने ।

उनी सद्भावना पार्टीदेखि राजपा हुँदै जसपासम्म आइपुग्दा राजेन्द्र महतोसँग थिए ।

महन्थ पक्षबाट उपेन्द्रतर्फ लागेका अर्का नेता महिन्द्रराय यादवले आफूले गरेको गल्तीप्रति आत्मालोचना गर्दै जनतासँग माफी मागेर आए सबैलाई साथमा लिएर अगाडि बढ्ने बताए ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपामा ३५ सदस्यले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने दाबी नेता मोहम्मद ईश्तियाक राईले गरे ।

सदस्यहरूको सनाखतपछि आयोगले बहुमत पक्षलाई आधिकारिकता दिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्