
नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको विवरणअनुसार तीन हजार ८९९ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ५१८ वटा नमूना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ७५८ पुगेको छ ।
एक हजार ७७८ जना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।
हालसम्म नेपालमा कुल संक्रमित संख्या सात लाख ४२ हजार ८१७ पुगेको छ ।