२७ जेठ २०८३, बुधबार

काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली काँग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।

१० दिनयता पार्टी केन्द्रिय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरुले आमरण अनसन तोडेका हुन् ।

पार्टीको तर्फबाट उनीहरुको माग सम्बोधन गर्ने ६ बुँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने अपेक्षामा साथ आमरण अनसन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए । उनले जिल्ला छानविन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान हुने विश्वास समेत व्यक्त गरे ।

यता, काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उनीहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्