२७ जेठ २०८३, बुधबार

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिए पछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।

बिहीबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने राष्ट्र बैंकले बताएको छ । यसरी संकलन हुने निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ ।

यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्