
रोयल इन्फिल्डको मेटियर ३५० नेपालमा सार्वजनिक भएको छ ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले सो मोटरसाइकललाई बुधवार नेपाली बजारमा सार्वजनिक गरेको हो ।
फाइरबल, स्टेलर र सुपरनोभा गरी ३ भेरियन्टमा यो बाइक नेपाली बजारमा उपलब्ध छ । यस्तै ७ वटा कलर अप्सन रहेको छ । ग्राहकले उपलब्ध ७ रंगमध्ये आफूलाई मन पर्ने रंग छनोट गर्न सक्छन् ।
मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
रोयल इन्फिल्डको मेटियर ३५० मा ड्युअल च्यानल एबीएस सिस्टम, फ्रन्ट र रियरमा डिस्क ब्रेक, ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स, स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर , ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ, मेटियर ५ ट्रान्समिसन गियरबक्स जस्ता फिचरहरू उपलब्ध छन् ।
कम्पनीका अनुसार मेटियर ३५० सीसी अन्तर्गत फाइर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार तोकिएको छ ।