
अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । अर्थ मन्त्तालयले बिहीबार स्पष्टिकरण सोधेको हो ।
‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यममा आएको उक्त विषयवस्तुको सत्य, तथ्य, यथार्थ के हो र तथ्यपरक विवरण ३ खिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।
यसअघि बोर्डका अध्यक्ष ढुंगाना एक कम्पनीको शेयर विवादमा तानिएका थिए ।
