२२ असार २०८३, सोमबार

कस्तो रह्यो साताको शेयर कारोबार ? कुन–कुन कम्पनीको कारोबारमा लाग्यो सर्किट ब्रेक ?

कस्तो रह्यो साताको शेयर कारोबार ? कुन–कुन कम्पनीको कारोबारमा लाग्यो सर्किट ब्रेक ?

यो साता धितोपत्र बजारले लय समातेको छ । सामान्य उतारचढावका बीच शुरू भएको कारोबारले ऐतिहासिक रेकर्ड पनि राखेको छ ।

साताको पहिलो दिनदेखि नै सुखद् शुरूवात भएको शेयर बजारमा दोस्रो दिन र साताको अन्तिम कारोबारको दिन भने गिरावट आएको छ ।

कस्तो रह्यो साताको शेयर कारोबार ?

साताको पहिलो कारोबारको दिन आइतवार नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर ३ हजार ५८.६३ मा पुग्यो ।

आइतवार कारोबार रकम पनि निकै वृद्धि भयो ।

सो दिन कूल २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

सोमवार भने शेयर बजारमा सामान्य करेक्सन देखियो । सो दिन नेप्से परिसूचक ८.२४ अंकले घट्दा शेयर बजार ३०५०.४२ विन्दुमा झर्न पुग्यो ।

सो दिन कुल २ सय २३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरमा खरिदबिक्री  भयो ।

सोमवारको करेक्सनपछि मंगलवार फेरि शेयर बजारमा दोहोरो अंकको उच्च वृद्धि देखियो ।

यस दिन नेप्से परिसूचक २९.२४ अंकले बढ्दै बजार ३०७९.६७ विन्दुमा पुग्यो ।

मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरमा कारोबार भएको थियो ।

मंगलवार २९. २४ अंकले बढेको नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले नै बढ्यो । बुधवार नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुग्यो ।

बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भयो ।

साताको अन्तिम कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

यस दिन नेप्से परिसूचक १५.११ अंकले घट्दै ३०७९.८३ विन्दुमा झरेको छ ।

यस दिन कारोबार रकम पनि झण्डै ११ अर्बमा मात्रै सिमित छ ।

कुल २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

 

कुन दिन कुन कम्पनीको कारोबारमा लाग्यो सर्किट ब्रेक ?

साताभर शेयर बजारको कारोबारमा निकै उतारचढाव देखियो । यद्यपी साताभरमा बिहीवार बाहेक अन्य सबै दिन शेयर मूल्यमा उच्च वृद्धि भइ सर्किट ब्रेक लागेको थियो । 

आइतवार विभिन्न ७ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक नै लाग्यो ।

नेप्सेका अनुसार आइतवार विशाल बजार कम्पनी, ङादी ग्रूप अफ पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो ।

यस्तै सोमवार नेप्से परिसूचक विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

मंगलवार ६ वटा कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

घलेम्दी हाइड्रो लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स् लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

बुधवार ३ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको  थियो ।

नारायणी विकास बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

 बिहीवार भने कुनै पनि कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेक लागेन ।

salt training

कमेन्ट गर्नुहोस्