
गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् ।
दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारेर उनी निर्वाचित भएका हुन् ।
जुलाई २५ बाट जारी महाधिवेशनमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।
निर्वाचन समितिका अनुसार कूल ९ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो ।
नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् ।
यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए ।