
नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ५९ हजार ३०७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६३६ वटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८७५ पुगेको जनाएको छ । यस्तै हालसम्म ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै हालसम्म पहिलो मात्रा ४० लाख ६४ हजार २८८ र पूर्ण मात्रा १८ लाख १३ हजार ४७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।