२० असार २०८३, शनिबार

शुरू भयो एमाले स्थायी कमिटीको तेस्रो दिनको बैठक

शुरू भयो एमाले स्थायी कमिटीको तेस्रो दिनको बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न लगातार तीन दिनदेखि बसिरहेको एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको तेस्रो दिनको बैठक शुरू भएको हो । 

शनिवार र आइतवार दुई दिनसम्म बैठक बसेपनि ठोस निर्णय केही भएको थिएन ।

बैठकमा माधव नेपाल पक्षका नेताहरू सहभागी छैनन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमाथि सोधिएको स्पष्टीकरणबारे समेत एमाले बैठकमा छलफल हुँदैछ ।

सहमतिको प्रयास जारी रहेको भन्दै यसअघि स्पष्टीकरणलाई यथावत राखिएको थियो । 

शनिवार एक कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाललाई ‘देशद्रोही’को संज्ञा दिँदै एमालेमा स्थान नभएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्