×

NMB BANK
NIC ASIA

सदनमा गृहमन्त्री

दार्चुला घटनाबारे सदनमा गृहमन्त्रीको जवाफ– छानबिन प्रतिवेदनका आधारमा दृढताका साथ अगाडि बढ्छौं

साउन १९, २०७८

NTC
फाइल फोटो
Premier Steels

गृहमन्त्री बालकृष्ण खाणले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका सम्बन्धमा छानबिन गर्न गठित समितिले दिने प्रतिवेदनका आधारमा सरकारले दृढतापूर्वक अडान लिने बताएका छन् ।

Muktinath Bank

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदनलाई सरकारले दृढतासाथ अगाडि बढाउने बताएका हुन् । दार्चुला घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागबारे गृहमन्त्रीले जवाफ दिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दार्चुला घटना सम्बन्धमा माननीय सदस्यहरूको संवेदनशीलताको सम्मान गर्छु । सरकारले छानबिन समिति बनाएको छ । समिति दार्चुला जिल्ला र घटना घटेको मालघाटमा पुगेर छानबिन गर्नेछ । तुइन तर्न सफल भएकासँग पनि भेटघाट गर्नेछ । उहाँहरूको जानकारीलाई पनि छानबिन समितिले आधार बनाउने छ । सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने हो,’ गृहमन्त्री खाणले भने, ‘प्रतिवेदनले गरेको निष्कर्षलाई सरकाले दृढता साथ अगाडि बढाउने छ । नागरिकको जीवनरक्षाका लागि नै राज्य र सरकार बनेको हो । नागरिकको जीवन रक्षामा हामी गम्भीर छौं ।’


Advertisment
Nabil box
Kumari

एमाले सांसदहरूले घटना सम्बन्धमा गृहमन्त्रीको सम्बोधन फितलो भएको बताउँदै संसदीय छानबिन समिति गठनको माग गरेका थिए । ‘छानबिन समितिको प्रतिवेदन आइसकेपछि अन्तिम निष्कर्ष निस्किने छ । त्यो तथ्यका लागि अडान लिने र दृढताका साथ अगाडि बढाउने विश्वास दिलाउँछु,’ गृहमन्त्री खाणले भने । 

Vianet communication

एमालेले दार्चुला घटना सम्बन्धमा भारतसँग औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x