२० असार २०८३, शनिबार

फेरि माओवादी केन्द्रमै फर्किइन् सांसद बिमला वली

साउन २०, २०७८
फेरि माओवादी केन्द्रमै फर्किइन् सांसद बिमला वली

नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सांसद बिमला वली फेरि माओवादी केन्द्रमा फर्किएकी छन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन बरालले बिमला वली माओवादी केन्द्रमा आएका लोकान्तरलाई पुष्टि गरे ।

२ दिनअघि एमाले प्रवेश गरेको भन्दै वलीको विज्ञप्ति आएको थियो । बरालले भने, ‘उहाँ एमालेमा जानुभएको थियो । उहाँलाई बन्धक बनाएर विज्ञप्ति निकालिएको थियो । उहाँ माओवादी केन्द्रमै हुनुहुन्छ । केही समयपछि पत्रकार सम्मेलन गर्दैछौं ।’

१ हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधवार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी बरालले बताए ।

विपक्षी गठबन्धनले प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्