बढ्यो कोरोना संक्रमितको संख्या, बुधवारमात्रै ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारीअनुसार यस दिन ११ हजार ३ सय ५४ जनामा पीसीआर  परीक्षण गर्दा २ हजार ९ सय ७५ तथा ४ हजार ९ सय ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो । 


Advertisement

बुधवार १ हजार ५ सय ३५ संक्रमित निको भएका छन् । यससँगै हालसम्म मुलुकभर ६ लाख ६१ हजार ६ सय ५१ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार बुधवार ३५ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ । 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्