कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
साउन २१, २०७८
नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीले आफूमाथि अपहरणको शैलीमा बुटवल ल्याएको भनेर झूटो कुरा गरेको दाबी गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न जान्छु भनेपछि वलीलाई आफ्नै गाडीमा राखेर बुटवल ल्याइएको उनले बताए ।
बिमला वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई भूमिश्वर ढकाल र दाङका एमाले नेता मानबहादुर राउतले बुटवल नजाने भन्दाभन्दै जबरजस्ती अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्याएको बताइकी थिइन् ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई कारवाही गर्न स्पष्टीकरणको पत्र काटेपछि म त्यो पत्र लिएर उहाँलाई बुझाउन दाङ गएको हुँ । पत्र हेरेपछि उहाँ (विमला)ले हुन्छ, एकपटक मुख्यमन्त्रीलाई भेट्छु । कुरा गर्छु भन्नुभयो,’ ढकालले लोकान्तरसँग भने, ‘त्यसपछि सहमतिमै उहाँ मेरो गाडीमै बसेर बुटवल आउनुभएको हो । हामी दुई वटा गाडीमा आएका हौं । उहाँ मेरो गाडीमा बस्नुभएको हो । उहाँको दिदी र भिनाजुको भाइ पनि सँगै बुटवल आउनुभएको हो । उहाँले लगाएको आरोप वाइयात हो ।’
ढकालले थपे, ‘हामीले इमिलिया आएर सँगै खाना खायौं । राजीखुशी उहाँ बुटवल आएर मुख्यमन्त्री कार्यालयमा जानुभएको हो । उहाँलाई अपहरण गरेको भए त मोबाइल कसरी हुन्थ्यो ? सिम कार्ड खोसिन्थ्यो होला । यो अपहरण होइन । उहाँले अनावश्यक राजनीतिक इस्यू बनाउनुभयो ।’
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...