२१ जेठ २०८३, बिहीबार

विमानस्थलबाट ३७ लाखको सुनसहित २ जना पक्राउ

विमानस्थलबाट ३७ लाखको सुनसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन क्षेत्रबाट प्रहरीले ३७ लाख रुपैयाँ बढीको सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

बिहीवार बिहान सिरहाको धनगढीमाई नगरपालिका–८ स्थायी घर भएका २४ वर्षीय रिसब महतो शंकास्पद अवस्थामा उभिएको देखेर प्रहरीले निगरानी गर्दा साउदीबाट आएका यात्रुलाई भन्सार छल्न लगाएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो ।

जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाडौं आगमन भएका विभिन्न यात्रुलाई भन्सार छली गर्न लगाई सुनको बाला आठ वटा र औंठी २ वटा गरी ४७४ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सुनका अन्दाजी मूल्य ३७ लाख ३८ हजार ६७५ रुपैयाँ हुने जनाइएको छ ।

महतोलाई सोधपुछ गर्दा भन्सार छल्नमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेस्ट हाउसका सञ्चालक ४१ वर्षीय अम्बर चाम्लिङको संलग्नता रहेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनको बाला, औंठी र पक्राउ परेका व्यक्तिलाई अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्