
खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई भरुवा बन्दुक र गोलीसहित पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
तामाङको घरबाट भरुवा बन्दुक १, तयारी बारुद २५० ग्राम, सोडा २५० ग्राम, सिसाको गोली २८, ढुंगाको छर्रा ३४, कराईको टुक्रा ४०, सलाई १, गोली बनाउन प्रयोग गरिने सिसा ३ बरामद गरिएको छ ।
हातहतियार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।