
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना कार्यकर्ताहरूलाई अलमलमा नपर्न अपील गरेका छन्।
यादवले आज बिहीवार एक विज्ञप्ती जारी गर्दै भनेका छन्,'निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुभन्दा पूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यत्र अलमलमा पर्नु भएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपा नेपालमा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडी बढ्न हुन हार्दिक अपील गरिन्छ।'
अग्रगमन नचाहने, प्राप्त उपलब्धिलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरू षड्यन्त्र मूलक ढंगले जसपा विरुद्ध लाग्दै 'फुटाउ र राज्य गर' नीति अनुरुप सक्रिय भएको उनले विज्ञप्तिमा भनेका छन्।
पार्टीमा आवद्ध रहेका सबै नेता, कार्यकर्तालाई जसपा नेपालको झण्डा मुनि एकतावद्ध रहँदै रत्तिभर पनि विचलित नभई दृढतापूर्वक पार्टीको पक्षमा रहन तथा पार्टी एकतालाई मजबुत बनाउन जसपा अध्यक्ष यादवले आह्वान गरेका छन्।
