०८ असार २०८३, सोमबार

नगरपालिकाका सबइन्जिनीयर ७२ हजार घुससहित पक्राउ

नगरपालिकाका सबइन्जिनीयर ७२ हजार घुससहित पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनीयर विनोदकुमार पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

पौडेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रवक्ता रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्यसम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ७२,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटी गएको टोलीले निज विनोदकुमार पौडललाई सेवाग्राहीसँग रु. ७२,०००।– (बहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजलाई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्