२२ जेठ २०८३, शुक्रबार

इटहरीमा बालबालिकाले फेला पारे ग्रिनेड बम, गरियो डिस्पोज

इटहरीमा बालबालिकाले फेला पारे ग्रिनेड बम, गरियो डिस्पोज
सांकेतिक तस्वीर।

इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको छ । शनिबार बिहान एक बालकले बम फेला पारेका थिए ।

अन्नपूर्ण मार्गको सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बालबालिकाले शंकास्पद वस्तु फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो । 

बम डिस्पोजलको टोली आएर जाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । सो बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

बम कसले किन राख्यो भन्ने नखुलेको प्रहरीले जनाएको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्