२२ असार २०८३, सोमबार

‘व्यवसायीलाई खोपको व्यवस्था गर्न सकिएन भने उत्पादन र आपूर्ति जारी राख्न कठिन हुन्छ’

‘व्यवसायीलाई खोपको व्यवस्था गर्न सकिएन भने उत्पादन र आपूर्ति जारी राख्न कठिन हुन्छ’

नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सकारात्मक रहेको जनाएको छ । 

सरकारले खोपको वितरण, उत्पादनमुलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासंघले जनाएको छ । 
 
आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको महासंघले जनाएको छ ।

तर बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी र श्रमिक वर्गलाई खोपको प्राथमिकतामा नराखिएको भन्दै महासंघले गुनासो गरेको छ । 

अभैm पनि उद्यमी व्यवसायीलाई खोपको व्यवस्था गर्न सकिएन भने अबको लहरमा उत्पादन र आपूर्ति विगत झैं सुचारु राख्न कठिन हुने महासंघले जनाएको छ ।

महासंघले भनेको छ,‘लघु, साना तथा मझौला उद्योगहरुलाई वित्तीय पहुँच, दर्ता तथा कर प्रणाली सहज बनाउ“दै त्यस्ता उद्योगहरुको बजार पहुँच बढाउने भन्ने बिषयलाई महासंघ स्वागत गर्दछ । महासंघको प्राथमिकता पनि यो क्षेत्र भएकाले सरकारले प्राथमिकता दिएकोमा महासंघ सरकारप्रति आभार व्यक्त गर्दछ ।’

 
 

salt training

कमेन्ट गर्नुहोस्