३० असार २०८३, मंगलबार

ओलीलाई विश्वप्रकाशको जवाफ : १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै !

ओलीलाई विश्वप्रकाशको जवाफ : १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै !

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार प्रतिनिधि सभा बैठकमा गरेको प्रश्नमाथि टिप्पणी गरेका छन्  ।

बुधवार एक ट्वीट गर्दै उनले ओलीले संसदमा जसरी बोलेका छन् त्यसरी नै ३ वर्ष काम गरिदिएको भए स्थिति अर्कै हुने बताएका छन् । 

उनले भनेका छन्, 'अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै !'

यस्तो छ उनको ट्वीट  

@kpsharmaoli संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो l अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै !!

तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ l बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 11, 2021

salt training

कमेन्ट गर्नुहोस्