
राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले देशमा माओवादी र जनयुद्ध नामक सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुनै नसक्ने ठोकुवा गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘प्रचण्ड ओलीको मायाजालमा नपरेको भए संविधान घोषणापछि ओली कहिल्यै प्रधानमन्त्री हुनुहुन्नथ्यो । यो देशमा माओवादी र जनयुद्ध सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्नथ्यो ।’
मंगलवारको प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै बिडारीले भने, ‘प्रधानमन्त्री भइसकेको मान्छेहरूले गर्ने संसदको भाषण सुनेपछि दिक्क लाग्यो र तिनीहरूलाई धिक्कार भन्न मन लाग्यो ।’