
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि उनले पनि राजीनामा दिएका हुन् ।
उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । डिसीले संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्रीमार्फत् राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शंकर पोखरेलले मुख्यमन्त्री बनेपछि डिसीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।