२२ असार २०८३, सोमबार

देउवा सरकारको स्पष्टीकरणमा परेका गुरु भट्टराईले दिए राजीनामा

देउवा सरकारको स्पष्टीकरणमा परेका गुरु भट्टराईले दिए राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिएका छन् ।  सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उनले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाएका हुन् ।

तेह्र महिना पहिले उनी दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त भएका थिए । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजिनामा दिएको उनले बताए । उनको राजिनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्