२८ जेठ २०८३, बिहीबार

फिफाको नयाँ वरियतामा नेपालले ३ स्थान सुधार

साउन २८, २०७८
फिफाको नयाँ वरियतामा नेपालले ३ स्थान सुधार
प्रतिकात्मक तस्वीर

फिफा वरियतामा नेपालले ३ स्थान सुधार गरेको छ ।

विश्व फूटबलको सर्वोच्च निकाय विश्व फूटबल महासंघ (फिफा) ले बिहीवार सार्वजनिक गरेको पुरुष फूटबलको नयाँ वरियतामा नेपालले ३ स्थान सुधार गर्दै १६८औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले ४ अंक बटुल्दै ९७२ बनाएको छ । 

नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५औं स्थानमा छ भने माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८औं स्थानमा छ भने भूटान १८७औं स्थानमा छ ।

पाकिस्तान १९८औं स्थानमा रहँदा श्रीलंका २०५औं स्थानमा छ ।

बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो तथा इटाली पाँचौं स्थानमा छ ।

अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्