०३ असार २०८३, बुधबार

अफिमसहित १ जना पक्राउ

साउन ३०, २०७८
अफिमसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

संखुवासभाको सदरमुकाम खाँदबारीबाट लागूऔषध अफिमसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

शुक्रवार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईंलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए ।

प्रहरी टोलीले चापागाईंको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्