१२ असार २०८३, शुक्रबार

जो माधव नेपालको नयाँ पार्टीमा गएनन्

भदौ ३, २०७८
जो माधव नेपालको नयाँ पार्टीमा गएनन्

केपी ओली र माधव नेपाल समूहबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् ।
 आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरू एमाले समाजवादी पार्टीमा सहभागी नभएका हुन् ।

नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत शीर्षनेता नयाँ पार्टीमा गएका छैनन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्