२७ जेठ २०८३, बुधबार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ घाइते
नमराज थापाकाे फेसबुकबाट ।

सिन्धुपाल्चोकमा आज यात्रुवाहक बस दुर्घटना भएको छ । 

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । 

मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए । 

वाफलबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिकाको छापको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्