२१ असार २०८३, आइतबार

महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने हो भन्नु आश्चर्यजनक : भीम रावल

महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने हो भन्नु आश्चर्यजनक : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने हो भन्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले कांग्रेससँग सहकार्य गरेर पदमा जान खोज्नेले एमालेमा एकता गर्नेलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो रहेको बताए ।

उनले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’

salt training

कमेन्ट गर्नुहोस्