३० असार २०८३, मंगलबार

काजाकास्तानको हतियार भण्डारमा विस्फोट हुँदा ९ जनाको मृत्यु

भदौ ११, २०७८
काजाकास्तानको हतियार भण्डारमा विस्फोट हुँदा ९ जनाको मृत्यु

मध्य एसियाली मुलुक काजाकास्तानको दक्षिणी भागमा रहेको हतियार भण्डारमा बिहीवार विस्फोट हुँदा नौजनाको मृत्यु भएको छ । 

जामबील क्षेत्रमा रहेको रक्षा मन्त्रालयको हतियार भण्डारमा विस्फोट भएपछि धेरै मानिस घाइते भएका थिए । वरपरका गाउँका मानिसलाई अधिकारीहरूले सुरक्षित रूपमा अन्त सारेका थिए । 

घटनामा पाँचजना सैन्य जवानको मृत्यु भएको रक्षामन्त्री नुरलान एर्मेकबायेभले जनाएका छन् । 

जामबील क्षेत्रीय सरकारले ८० जनाभन्दा बढी घाइते भएको जनाएको छ । 

सैनिक र आकस्मिक सेवाकर्मीहरू घाइते भएको राष्ट्रपति कासीम–जोमार्ट टोकायेभले बताए । 

हतियार भण्डारमा आगलागी हुँदा एकपछि अर्को विस्फोट भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्