०८ असार २०८३, सोमबार

‘निर्णायक’ बैठकमा भएन कुनै सहमति, चुनाव स्थगन गर्नुपर्ने राजपाको अडान

कात्तिक २०, २०७४
‘निर्णायक’ बैठकमा भएन कुनै सहमति, चुनाव स्थगन गर्नुपर्ने  राजपाको अडान
काठमाडौं ३१ जेठ - निर्वाचनमा सहमति जुटाउन राष्ट्रिय जनता पार्टी सहित बसेको प्रमुख दलको बैठक विना कुनै निश्कर्ष सकिएको छ । संसद सचिवालय सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा बुधवार साँझ बसेको बैठकमा राजपाले असार १४ गतेको चुनाव स्थगित गर्नुपर्ने अडान दोहोराएपछि दलहरुबीच सहमति जुट्न नसकेको हो ।

राजपाले चुनाव सार्न गरेको प्रस्ताव आफूहरुले अस्वीकार गरेपछि बैठक विना निश्कर्ष सकिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले असार १४ मा चुनाव सम्पन्न गरेपछि संविधान संशोधन गर्न सकिने बताए । नेम्वाङका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै चुनाव गर्ने प्रतिबद्धता जनाएका थिए । एमाले बैठकबाट बाहिरिएपछि पनि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरु छलफल गरेका थिए ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति सार्न नसकिने बताए । राजपासंग बिहीवार बिहान १० बजे पुनः छलफल गरिने उनले बताए । राजपा नेता शरतसिंह भण्डारीले दलहरुबीच गम्भीर छलफल भएपनि कुनै निकास भने नआएको बताए ।

राजपाले संविधान संशोधन विधेयक पारित गर्नुपर्ने लगायत माग पूरा नहुदासम्म चुनावमा भाग नलिने र चुनाव हुन नदिने बताएको थियो । एमाले बाहिरिएपछि राजपा र सत्तारुढ दलहरुबीच प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर पाँचका तीन गरि ११ जिल्लाको चुनाव स्थगनको बिषयमा छलफल भएको स्रोतको दावी छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागि थिए । राजपाको तर्फवाट महन्थ ठाकुर, महिन्द्र राय यादव, शरतसिंह भण्डारी लगायतका नेताहरु सहभागि थिए ।

salt training

कमेन्ट गर्नुहोस्