३० असार २०८३, मंगलबार

तालिबान सरकारले छिट्टै काम थाल्ने सर्वोच्च नेता अखुन्दजादाको भनाइ

भदौ २३, २०७८
तालिबान सरकारले छिट्टै काम थाल्ने सर्वोच्च नेता अखुन्दजादाको भनाइ

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अफगानिस्तानको नयाँ सरकारले छिट्टै काम थाल्ने बताएका छन् । 

‘इस्लामिक अमिरातका अधिकारीहरूले घोषणा गरेको कामचलाउ तथा प्रतिबद्ध सरकराले छिट्टै काम थाल्ने विश्वास म सबै देशवासीलाई गर्न चाहन्छु । मन्त्रीहरूले इस्लामिक नियम र शरिया कानूनबमोजिम मेहनत गर्नेछन्,’ अखुन्दजादाले बयान जारी गरेर बताए । 

तीन हप्ताअघि तालिबानले काबुलमा कब्जा गरेपछि तालिबानका सर्वोच्च नेताले जारी गरेको यो पहिलो बयान हो । 

‘हामी शान्त, समृद्ध र आत्मनिर्भर अफगानिस्तान चाहन्छौं र त्यसका लागि हामीले देशमा युद्ध र द्वन्द्वका सबै कारणलाई निमिट्यान्न पार्न खोजेका छौं । हाम्रा देशवासीहरू पूर्ण सुरक्षा र आरामदायी अवस्थामा रहून् भनी हामी प्रयास गर्छौं,’ उनले बताए ।  

तालिबानले मंगलवार राति मुल्ला हसन अखुन्दको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्