
चीनको अग्रणी सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक एक उच्चस्तरीय विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्न लागेको छ ।
यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ ।
तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो ।
यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौध्दिकविद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सी.य.टी.एलको संयुक्त सहकार्यबाट सम्भव भएको हो ।
यो सञ्जाललाई “सी.यच.यन”नाम दिईएको छ, जुन तीन कम्पनीको नामहरुबाट संक्षेप्त गरिएको हो (चांगनको “सी”, हुवावेको “यच” र निन्देशिदै सी.ए.टी.एलको “यन”) अविताई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको छ ।
हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र सी.ए.टी.एलले ब्याट्रीको प्रविधिको उत्पादन गरेको छ ।
यो गाडीको नमुनालाई एकमध्यमआकारको विद्युतीय एसयूभीको दर्जा दिइएको छ ।